मन्त्रीहरुको जिम्मेवारी हेरफेर, स्वास्थ्यमा हृदयेश त्रिपाठी

    • स्वास्थ्य पेज

  • १० पुष २०७७, शुक्रबार

काठमाडौं १०, पुस ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको छ । शुक्रबार सात मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका उहाँले केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको छ । स्वास्थ्यमा हृदयेश त्रिपाठी आउनुभएको छ ।

त्रिपाठीले सम्हाल्दै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने शुक्रबार मात्र मन्त्री बनेका गणेश ठगुन्ना आएका छन् । ढकाल सुरुमा कानूनमन्त्री थिए । एक वर्षअघि मात्रै स्वास्थ्यको जिम्मेवारी पाएका ढकाल कोरोना महामारी सुरु भएसँगै विभिन्न विवादमा मुछिदै आएका थिए ।

उनी स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको भनिएको अनियमिततामा समेत मुछिएका छन्। विभिन्न अनियमिततामा मुछिएपनि प्रधानमन्त्री निकट भएकै कारण ढकाल मन्त्रीमण्डलबाट बाहिरिनु परेको छैन ।

  • १० पुष २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech