२९५ संक्रमित आईसियू र भेन्टिलेटरमा

    • स्वास्थ्य पेज

  • १० पुष २०७७, शुक्रबार

तस्बिर:फाइल

काठमाडौं १०, पुष ।
देशभर हाल २९५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २४९ जना आइसियु र ४६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा १६ आइसियु र ४ भेन्टिलेटरमा, प्रदेश २ मा ७५आइसियु र ३ भेन्टिलेटरमा, बागमती प्रदेशमा ९३ आइसियु र २८ भेन्टिलेटरमा, गण्डकीमा ७८ आइसियु र ७ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४४ आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

यस्तै कर्णाली प्रदेशमा १० जना आइसियु र एकजना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ३ जना आइसियुमा र एकजना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार आइसियु र भेन्टिलेटरमा रहने संक्रमितको संख्या ३१० जना थियो।

यस्तै, देशभर हाल ३ हजार ९३३ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ७ हजार ९२ कुल सक्रिय संक्रमितमध्ये ३ हजार ७१० जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बाँकी ३ हजार ३८२ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र एक हजार ७२९ जना संक्रमित होम आइसोलेसनमा छन्।

प्रदेश १ मा १२८, प्रदेश २ मा ३१, गण्डकी प्रदेशमा ५५९, लुम्बिनी प्रदेशमा ७२७, कर्णालीमा ९८ र सुदूरपश्चिममा ४३८ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।यसअघि बिहीबार ३ हजार ९३३ जना संक्रमित होम आइसोलेसनमा थिए।

  • १० पुष २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech