थप ८ संक्रमितको मृत्यु, मृतकको संख्या १८१६ पुग्यो

    • स्वास्थ्य पेज

  • १० पुष २०७७, शुक्रबार

काठमाडौं १०, पुष ।

नेपालमा शुक्रबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार ५ जना संक्रमितको मृत्यु भएको थियो।

शुक्रबार एकैदिन ६०८ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ९२ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ४ हजार १४२ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३९२ पुगेको छ। हाल ३६९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

  • १० पुष २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech