२४ घण्टामा ६०८ संक्रमित थपिए

२४ घण्टामा नेपालमा ६ सय ८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


    • स्वास्थ्य पेज

  • १० पुष २०७७, शुक्रबार

काठमाडौं १०, पुष ।

पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ४ हजार १४२ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ८ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३९२ पुगेको छ।

शुक्रबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय १६ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३६९ सय जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा ८९२ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४८ हजार २९२ पुगेको मन्त्रालयले जनाएको छ।

  • १० पुष २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech