भेरी अस्पतालमा थप ९० वेडको कोरोना वार्ड सन्चालन

    • स्वास्थ्य पेज

  • १० पुष २०७७, शुक्रबार

नेपालगन्ज १०, पुष ।
भेरी अस्पताल नेपालगन्जमा थप ९० बेडको कोरोना वार्ड सन्चालनमा आएको छ । जिल्ला समन्वय समिति र स्थानीय पालिकाहरुको एक करोडको लगानीमा कोरोना वार्ड सन्चालनमा आएको कोभिड विशेष अस्पतालका संयोजक डा श्याम सुन्दर यादवले जानकारी दिनुभयो ।

योसँगै भेरी अस्पताल मातहतको कोरोना वार्डमा वेड संख्या अव १ सय ६२ पुगेको छ । जिल्ला समन्वय समितिको ७५ लाख, नेपालगन्ज उपमहानगरपालिकाको ६ लाख २५ हजार, कोहलपुर नगरपालिकाको ३ लाख ७५ हजार, नरैनापुर गाउँपालिकाको २ लाख ७५ हजार, डुडुवा, खजुरा, जानकी, राप्तीसोनारी र बैजनाथ गाउँपालिकाको साढे दुई दुई लाखगरी कूल करोडको लागतमा कोेरोना वार्ड स्थापना गरेर सन्चालनमा ल्याइएको हो ।

एउटै अस्पतालमा सबै वेडमा अक्सिजनसहित सुविधा सम्पन्न यो क्षमताको कोरोना विशेष अस्पताल सन्चालन भएको सम्भवत नेपालमै पहिलो भएको अस्पतालका संयोजक डा यादवले बताउनुभयो । नवनिर्मित कोभिड विशेष वार्डको शुक्रबार उद्घाटन तथा हस्तान्तरण गर्दै स्थानीय पालिकाहरुले कोभिड नियन्त्रण, रोकथाम र निदानमा सामुहिक प्रतिबद्धता जनाएका थिए ।

जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, आठ वटै पालिकाका अध्यक्ष तथा उपाध्यक्षहरुको उपस्थितिमा वार्डको उद्घाटन गरिएको छ।

जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले कोरोना विरुद्धको लडाइमा स्थानीय सरकार सधै तत्पर रहेको प्रतिबद्धता दिलाउनुभयो ।

  • १० पुष २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech