भेरी अस्पतालमा बाँके र कैलालीका थप दुई संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • १० पुष २०७७, शुक्रबार

तस्विर: फाइल

नेपालगन्ज १०, पुष ।
भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको जानकी गाउँपालिका-६ का ५० वर्षीय पुरुष र कैलाली लम्की चुहा नगरपालिका-३ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कोरोना पुष्टि भएपछि जानकीका ती पुरुष पुष ३ गते अस्पताल भर्ना भएका थिए । उनले त्यसको अघिल्लो दिन पीसीआर परीक्षणका लागि स्वाव दिएका थिए ।

उनको उपचारका क्रममा आज विहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै लम्की चुहाका ती पुरुषलाई मंसिर ३० गते भाइरस संक्रमण पुष्टि भएको थियो ।

उनी पुष ३ गतेमात्रै भेरीमा भर्ना भएका थिए । उनको पनि उपचारकै क्रममा आज विहान २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

  • १० पुष २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech