कोभिडबाट प्रभावित विभिन्न देशमा कोरोना विरुद्धको खोप अभियान सुरु

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हालसम्म ७ करोड ७५ लाख ३० हजार ७९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस संक्रमणका कारण १७ लाख २४ हजार ९०४ जनाले ज्यान गुमाएका छन् ।


    • स्वास्थ्य पेज

  • १० पुष २०७७, शुक्रबार

काठमाडौं १०, पुष ।
मेक्सिको, कोस्टारिका र चिलीमा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु भएको छ ।

मेक्सिकोमा पहिलो पटक आइसीयु नर्स मारिया इरिन रामिरेजलाई कोरोना खोप दिइएको छ । सुरुमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई खोप दिइने अभियान अन्तर्गत सुरुमा नर्सलाई खोप लगाईएको हो ।

कोस्टारिका र चिलीमा पनि कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु भएको छ । कोरोना भाइरस संक्रमणका कारण बडी प्रभावित देशहरुले विभिन्न कम्पनीले उत्पादन गरेका खोपलाइ मान्यता दिई खोप अभियान सुरु गरेका छन् । अमेरिका, ब्राजिल,भारत,मेक्सिको लगायतका देश कोरोना भाइरसका कारण बढी प्रभावित छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हालसम्म ७ करोड ७५ लाख ३० हजार ७९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस संक्रमणका कारण १७ लाख २४ हजार ९०४ जनाले ज्यान गुमाएका छन् ।

मेक्सिकोमा मात्र हालसम्म १ लाख १९ हजार ४५५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । अमेरीकामा १ करोड ८० लाख बढीमा र भारतमा १ करोड बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भाइरस संक्रमणका कारण बढी प्रभावित यी देशहरुले धमाधम कोरोना विरुद्धको खोप अभियानलाई तिव्रता दिइरहेका छन् ।

 

  • १० पुष २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech