शिक्षकमा कोरोना भाइरस संक्रमणपछि धनगढीमा धमाधम विद्यालय बन्द

    • स्वास्थ्य पेज

  • ९ पुष २०७७, बिहीबार

धनगढी ९, पुष ।
विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीका विद्यालय धमाधम बन्द हुन थालेका छन । बिहीबारसम्म धनगढी उप–महानगरपालिका भित्रका ४ वटा सामुदायिक शैक्षिक संस्था बन्द भएका छन् ।

धनगढी स्थित भित्रुवन मावि, शारदा मावि, राष्ट्रिय मावि र धनगढी नमूना माविमा कार्यरत शिक्षक तथा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द भएका छन् ।

शिक्षक तथा कर्मचारीका कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय सञ्चालन भएको केही दिनमै धनगढी उप–महानगरपालिका भित्रका सामुदायिक विद्यालय बन्द हुनथालेका हुन् । तर निजी शैक्षिक संस्था भने कोरोना संक्रमण्का कारण हाल सम्म बन्द भएका छैनन् ।

  • ९ पुष २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech