प्रदेश अस्पताल सुर्खेतमा कोरोना संक्रमित ७३ वर्षीया महिलाको मृत्यु

कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या २४ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


    • स्वास्थ्य पेज

  • ९ पुष २०७७, बिहीबार

सुर्खेत ९, पुष ।
प्रदेश अस्पताल सुर्खेतमा कोरोना संक्रमित एकजना विरामीको मृत्यु भएको छ ।

चिङ्गाड गाउँपालिका-५ निवासी ७३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । पुष ६ गते श्वास फेर्न कठिनाई र शरीर सुन्निएको अवस्थामा अस्पताल आएको र कोभिड परीक्षण गर्दा सोही दिन उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

कोभिड पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरि उपचार सुरु गरिएको भएपनि स्वास्थ्यमा सुधार नआउँदा उनको पुष ८ गते बुधबार राती १०:५६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या २४ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

  • ९ पुष २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech