पीपीआर रोगका कारण मुस्ताङमा ५०० बढी च्याङग्रा मरे

    • स्वास्थ्य पेज

  • ९ पुष २०७७, बिहीबार

तस्बिर:फाइल

मुस्ताङ ९, पुष

पीपीआर रोगका कारण मुस्ताङमा ५०० बढी च्याङग्रा मरेका छन् ।

पछिल्लो २ महिनादेखि फैलिएको यो रोगका कारण मुस्ताङका दुई गाउँपालिकाका विभिन्न किसानले पालेका ५०० बढी च्याङग्रा मरेका हुन् । लोमान्थाङ र दामोदरकुण्ड लोघेकर गाउँपालिकाका किसान यो रोगबाट पिडित छन् ।

पशु चिकित्सक सहितको पा्रविधिक टोलि पुगेर स्थलगत अध्ययन साथै त्यँहाका किसानलाई पीपीआर रोगबारे जानकारी र भेडाच्याङ्ग्रालाई पीपीआर रोगविरुद्धको खोप लगाएर फर्किएका कारण अहिले फैलिएकोे रोग नियन्त्रणमा आएको एक किसानले जानकारी दिए ।

  • ९ पुष २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech