बर्दियामा कोरोना अपडेटः १४३७ संक्रमित, १३३५ डिस्चार्ज, १७ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ८ पुष २०७७, बुधबार

बर्दिया ८, पुष ।
बर्दियामा बुधवार थप ६ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । बाँकेका दुई वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २ महिला र ४ पुरुष गरी ६ जना संक्रमित थपिएको कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

भेरी अस्पताल प्रयोगशालामा ५ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै बर्दियामा कोरोना भाइरस संक्रमितको संख्या १ हजार४ सय ३७ पुगेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो । यस्तै बुधवार ७ जना डिस्चार्ज भएका छन् ।

तीन महिला र चारजना पुरुष डिस्चार्ज भएसँगै अहिलेसम्म जिल्लामा भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ३ सय ३५ पुगेको छ । अहिले विभिन्न आइसोलेसनमा ८५ जना बसिरहेका छन् । भाइरस संक्रमणबाट अहिलेसम्म जिल्लामा ३ महिलासहित १७ जनाको मृत्यु भएको छ ।

 

  • ८ पुष २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech