सुदूरपश्चिममा थप ९९ जनामा संक्रमण, संक्रमितको संख्या १३ हजार ४ सय ६२ पुग्यो

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बझाङ र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ५ सय १४ जनाको परीक्षण गर्दा थप ९९ जनामा संक्रमण पुष्टि भएको छ।


    • स्वास्थ्य पेज

  • ८ पुष २०७७, बुधबार

धनगढी ८, पुष ।
सुदूरपश्चिममा थप ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बझाङ र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ५ सय १४ जनाको परीक्षण गर्दा थप ९९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३ सय ५६ जनाको नमूना परीक्षण गर्दा ८५ जना, डडेल्धुरा अस्पतालमा ४९ नमूना परीक्षण गर्दा ५ जना, जिल्ला अस्पताल बझाङमा ६१ नमूना परीक्षण गर्दा ३ जना र कमलबजार नगरपालिकाको प्रयोगशालामा ४८ जनाको नमूना गर्दा ६ जनामा संक्रमण पुष्टि भएको कार्कीले बताउनुभयो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका ४४ र कञ्चनपुरका ४१ सहित सुदूरपश्चिमका थप ८५ जनामा संक्रमण पुष्टि भएको बताउनुभयो। उहाँले धनगढी उप–महानगरपालिकाका थप १९ जनामा संक्रमण देखिएको जानकारी दिनभयो ।

यस्तै कैलालीकै गोदावरी नगरपालिकाका १६ जना र गौरीगंगा नगरपालिकाका ९ जनामा भाइरसको संक्रमण देखिएको छ। यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका २० जना, बैलौरी नगरपालिकाका १३ जना, शुक्लाफाँटा नगरपालिकाका ४ जना, बेदकोट नगरपालिकाका ३ जना र ठेगाना नखुलेका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै कमलबजार प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर विष्टका अनुसार कोरोना पुुष्टि हुनेमा मंगलसेन नगरपालिकाका ३ जना र चौरपाटी गाउँपालिकका ३ जना रहेका छन्। पछिल्लो २४ घण्टामा प्रयोगशालामा ५६ नमूना परीक्षण भएको उहाँले बताउनुभयो।

त्यसैगरी पछिल्लो २४ घण्टामा जिल्ला अस्पताल बझाङमा ६९ नमूना परीक्षण गर्दा जयपृथ्वी नगरपालिकाका २ जना र छविस पाथिभेरा गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला ईन्चार्ज नरेश खड्काले बताउनुभयो।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १३ हजार ४ सय ६२ पुगेको छ। प्रदेशभर संक्रमण पुष्टि भएका १० हजार ५ सय ७३ जनाले कोरोना जितेका छन् भने ६९ जनाको मृत्यु भएको छ।

  • ८ पुष २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech