२४ घण्टामा ७४३ कोरोना संक्रमित थपिए, पाँचजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ८ पुष २०७७, बुधबार

काठमाडौं ८, पुष ।
पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण पाँचजनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा एकहजार ८ सय ३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म पीसीआर गरिएकामध्ये ७ सय ४३ जनाको नतिजा पोजेटिभ आएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय ५२ जना निको भएका छन् । यो सँगै देशमा कोभिड संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ ।

हालसम्म क्वारेन्टिनमा ४ सय ९ जना छन् भने ७ हजार ५सय १५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • ८ पुष २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech