कोरोना अपडेटः नेपालमा संक्रमितको संख्या पुग्यो ३७६२

    • स्वास्थ्य पेज

  • २६ जेष्ठ २०७७, सोमबार

काठमाडौं २६, जेष्ठ ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ हजार ७ सय ६७ पुगेको छ। यो सोमवार साँझ सम्मको तथ्यांक हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये ३ हजार ५ सय ६ जना पुरुष छन् भने २ सय ५६ जना महिला छन्।

नेपालमा संक्रमण देखिएकामध्ये ४ सय ८८ जना उपचारपछि निको भएका छन् भने १४ जनाको मृत्यु भएको छ। सोमबार मात्र नेपालमा थप ३ सय १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

नेपालमा संक्रमण देखिएकामध्ये सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेरमा देखिएको छ। तथ्यांक अनुसार २१ देखि ३० वर्षका १ हजार ४ सय ४९ जनामा संक्रमण देखिएको छ। त्यसपछि ११ देखि २० वर्षका ९६०, ३१ देखि ४० वर्षका ८१ जनामा संक्रमण देखिएको छ।

  • २६ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech