भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड एक लाख

    • स्वास्थ्य पेज

  • ८ पुष २०७७, बुधबार

नयाँ दिल्ली ८, पुष ।
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या बुधबारसम्म एक करोड एक लाखको नजिक पुगेको छ। विगत २४ घण्टाको अवधिमा भारतमा २३ हजार ९५० नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड ९९ हजार ९५० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण ३३३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४६ हजार ४४४ जना पुगेको छ। भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा ९३९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको र २५ जनाको सङ्क्रमणको कारण मृत्यु भएको छ। भारतमा कोभिड–१९ शुरु भएयता भाइरस संक्रमणको कारण १० हजार ३२९ जनाको मृत्यु भईसकेको छ।

मन्त्रालयको पछिल्लो विवरणमा ९६ लाख ३८२ हजार व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ। हाल भारतमा दुई लाख ८९ हजार २४० सक्रिय संक्रमित रहेका छन्।

  • ८ पुष २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech