प्रदेश अस्पताल सुर्खेतमा ७५ वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • ८ पुष २०७७, बुधबार

 

सुर्खेत ८, पुष ।

कडा न्युमोनिया सहितको कोभिड-१९ संक्रमणका कारण प्रदेश अस्पताल सुर्खेतमा एकजनाको मृत्यु भएको छ ।

गुर्भाकोट नगरपालिका-७ का ७५ वर्षिय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । स्वास्थ्यमा समस्या भएपछि पुष १ गते प्रदेश अस्पतालको इमरजेन्सीमा भर्ना भएका उनमा सोही दिन जिन एस्पर्ट पीसीआर विधिबाट कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोभिड पुष्टि भएपछि आइसोलेसनमा भर्ना भई उपचार सुरु गरिएको भएपनि स्वास्थ्यमा सुधार नआउँदा पुष ८ गते बुधबार बिहान ३ बजे मृत्यु भएको हो ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको कुल संख्या २३ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

  • ८ पुष २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech