प्रदेश १ मा १ सय डिस्चार्ज, ६३ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • ७ पुष २०७७, मंगलवार

विराटनगर ७, पुष ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट ९३, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन ।

हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ४९५ पुगेको छ । प्रदेश १ मा आज ६३ जना संक्रमित थपिएका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ४८९ पुगेको छ ।

प्रदेश १ मा आज ५४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३४ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ५ हजार ५५० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

  • ७ पुष २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech