सुदूरपश्चिममा परीक्षण गरिएकामध्ये १० प्रतिशतमा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेहरुको संख्या ४७ पुगेको छ । यो संख्या प्रदेशमा पुष्टि भएका कुल संक्रमित संख्याको ०.३६ प्रतिशत हुन आउँछ ।


    • स्वास्थ्य पेज

  • ७ पुष २०७७, मंगलवार

धनगढी ७, पुष ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म एक लाख २८ हजार १ सय ६१ जनाको स्वाव परीक्षण भएको छ । परीक्षण भएकामध्ये १२ हजार ९ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या परीक्षण गरिएकाहरुको करिब १० प्रतिशत हुन आउँछ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार हालसम्म प्रदेशमा ६ वटा स्वाव परीक्षण प्रयोगशाला छन् । सेती प्रादेशिक प्रयोगशालामा ७० हजार सात ३ सय ९८ जनाको स्वाव परीक्षण गरिएको छ ।

यस्तैं, डडेल्धुरा अस्पतालको प्रयोगशालामा २२ हजार ४३, डोटी अस्पतालको प्रयोगशालामा ६ हजार नौ सय ४७, बैतडी अस्पतालको प्रयोगशालामा दुई हजार ६ सय ४०, बझाङ अस्पतालको प्रयोगशालामा ५ हजार १ सय ५७ र अछामको कमलबजार प्रयोगशालामा ३ हजार ६ सय ९९ जनाको नमुना परीक्षण भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेहरुको संख्या ४७ पुगेको छ । यो संख्या प्रदेशमा पुष्टि भएका कुल संक्रमित संख्याको ०.३६ प्रतिशत हुन आउँछ । हालसम्म कैलालीमा सबैभन्दा बढी २६ जनाले ज्यान गुमाएका छन् ।

यस्तै कञ्चनपुरमा सात, बझाङमा तीन र डडेल्धुरामा तीन जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाउनु परेको छ । अछाम, बाजुरा र दार्चुलामा दुई–दुई जनाले ज्यान गुमाए । डोटी र बैतडीमा एक–एक जनाको कोरोनाकै कारण ज्यान गएको छ । २ हजार ४ सय ७९ जना सक्रिय संक्रमित सोमबारसम्मको तथ्यांक हेर्दा सुदूरपश्चिम प्रदेशमा दुई हजार ४ सय ७९ जना सक्रिय संक्रमितहरु रहेका छन् ।

  • ७ पुष २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech