२४ घण्टामा ७२२ संक्रमित थपिए, ९६६ डिस्चार्ज, तीनजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ७ पुष २०७७, मंगलवार

काठमाडौं ७, पुष ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय २२ जनामा कोरोना संक्रमण देखिएको हो ।

जसमध्ये ३१० जना महिला र ४१२ जना पुरुष रहेका छन् । यससँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ । पछिल्लो २४ घण्टामा ९६६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म निको भएर घर फर्किनेमा २ लाख ४५ हजार ७०९ जना रहेका छन् । निको हुने दर नेपालमा ९६।३ प्रतिशत रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा १७९८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

  • ७ पुष २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech