३०८ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा

    • स्वास्थ्य पेज

  • ७ पुष २०७७, मंगलवार

तस्बिर:फाइल

काठमाडौं ७, पुष ।
देशभर हाल ३०८ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन्। २६० जना आईसीयू र ४८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा १८ आईसीयू र ३ भेन्टिलेटरमा, प्रदेश २ मा ७ आईसीयू र ४ भेन्टिलेटरमा बागमती प्रदेशमा १०२ आईसीयू र २६ भेन्टिलेटरमा, गण्डकीमा ८१ आईसीयू र ११ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४४ आईसीयू र २ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा ६ जना आईसीयू र २ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४आईसीयूमा छन्। यो सुदूरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

यसअघि सोमबार आईसीयू र भेन्टिलेटरमा रहने संक्रमितको संख्या ३३६ थियो। यस्तै, देशभर हाल ४ हजार २६४ कोरोना संक्रमित होम आइसोलेसनमा छन्।

  • ७ पुष २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech