अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाए कोरोना खोप

    • स्वास्थ्य पेज

  • ७ पुष २०७७, मंगलवार

न्युयोर्क-
नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाउनु भएको छ । उहाँले खोप लगाएको टेलिभिजनमार्फत् प्रत्यक्ष प्रसारण गरिएको थियो।

बाइडेनले गृहराज्य डेलावरमा खोपको पहिलो डोज लिनुभएको हो । त्रिस्टियाना केयर अस्पतालकी नर्स ताबे मासाले बाइडेनलाई खोप लगाइदिनुभएको हो ।

यसअगाडि शुक्रबार अमेरिकी उपराष्ट्रपति माइक पेन्सले टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दै कोरोनाविरुद्धको खोप लिनुभएको थियो । पेन्सकी पत्नी करेन पेन्स र सर्जन जनरल जेरोम आदम्सले पनि खोप लगाउनुभएको थियो।

 

  • ७ पुष २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech