पछिल्लो २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ९५ पुगेको छ ।


    • स्वास्थ्य पेज

  • ६ पुष २०७७, सोमबार

तस्विर: फाइल

काठमाडौं ६, पुष ।
पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ९५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ४२जनाको कोरोना भाइरस पुष्टि भएको छ । यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ४४ हजार ७४३ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९७६ रहेको छ । त्यसैगरी नेपालमा अहिलेसम्म १८ लाख ७७ हजार १८१ पीसीआर नमुना परीक्षण भएको छ ।

  • ६ पुष २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech