जाडो मौसममा व्यायाम : कति गर्ने, कहाँ गर्ने ?

    • स्वास्थ्य पेज

  • ६ पुष २०७७, सोमबार

नियमित व्यायाम गर्नाले रोग प्रतिरोधक क्षमता बढ्ने गर्छ ? यो यस्तो प्रश्न हो जुन प्रायः सबैको दिमागमा आएको हुनुपर्छ । व्यायामले दुवै शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । यो अकाट्य सत्य हो । तर व्यायामले शरीरको रोग प्रतिरक्षा प्रणाली मजबुत बनाउनको लागि भूमिका खेल्छ त ? भन्ने विषयमा विशेषज्ञहरूमा समेत एक मत देखिँदैन ।

प्रतिरक्षा प्रणालीको बारेमा यो वर्ष विश्वभरि धेरै शब्दावलीहरू प्रयोगमा आए । कोभिड १९ को महामारीका कारण सबैले आफ्नो प्रतिरक्षा वृद्धि गर्नको लागि भनेर गुर्जाे र बेसार पानीको प्रचुर प्रयोग गरेको देख्न सकिन्छ । प्रतिरक्षाले फ्लुको खतराबाट बचाउँछ र परिवर्तित मौसममा चिसो, ज्वरो आदि समस्याबाट बचाउने गर्छ । यसैले प्रतिरक्षा वृद्धि गर्नका लागि खानपानमा ध्यान दिनु आवश्यक हुन्छ ।

असल स्वास्थ्यको लागि व्यायाम आवश्यक

व्यायामले मुटु, फोक्सो, हड्डी, मांसपेशीहरू र मेटाबोलिकलाई स्वस्थ बनाउन भूमिका खेल्छ । व्यायामले कैयौं नसर्ने रोगहरु स्ट्रोक, मधुमेह, दम र आस्तियोपोरोसिस जस्ता रोगहरूको संक्रमण रोक्न मद्दत गर्छ । दैनिक व्यायाम गर्ने हो भने आफ्नो शरीरमा थुप्रै सकारात्मक परिवर्तनहरूको महसुस गर्न सकिनेछ । जस्तै शरीरमा रहेका सेरोटोनिन, डोपामाइन र नोरिपाइनफ्रिन हर्माेनको राम्रो सन्तुलनले हाम्रो मुड नियन्त्रणमा समेत भूमिका खेल्छ । त्यसैले यो भन्नु गलत हुनेछैन कि व्यायाम राम्रो स्वास्थ्यसँग सम्बन्धित छ ।

प्रतिरोध क्षमता बढाउन व्यायामको भूमिका

शरीरमा प्रतिरोध क्षमतामा स्वास्थ्य, निद्रा, पाचन र फिटनेसले धेरै प्रभाव पारेको हुन्छ । व्यायामले सिधा रोग प्रतिरोध क्षमता बढाउँदैन । तर अप्रत्यक्ष रूपमा नियमित व्यायाम गर्नाले तपाईंको स्वास्थ्यलाई फाइदा पु¥याइरहेको हुन्छ । स्वास्थ्य राम्रो भएपछि निन्द्रा राम्रो लाग्छ, पाचन र मेटाबोलिजम सही हुन्छ, जसले रोग प्रतिरोध क्षमता पनि बढाउँछ । व्यायामका अतिरिक्त तपाईंको शरीरको सम्पूर्ण भागमा रगत सञ्चार पनि छिटो हुन्छ, त्यसकारण सबै अंगहरूले अक्सिजन र पोषणहरू खाना मार्फत शरीरबाट प्राप्त गर्दछन् । यसले रोग प्रतिरोधात्मक क्षमतामा पनि सकारात्मक प्रभाव पार्छ । त्यसैले समग्र व्यायाम राम्रो प्रतिरक्षाको लागि धेरै महत्वपूर्ण हुन्छ ।

एक दिनमा कति व्यायाम उपयुक्त हुन्छ ?

रोगहरूको यस मौसममा थोरै लापरवाहीले पनि हामीलाई ठूलो समस्यामा पार्न सक्छ । डब्ल्यूएचओको दिशानिर्देश अनुसार दैनिक कम्तीमा ३० मिनेट शारीरिक गतिविधि शरीरको लागि आवश्यक हुन्छ । यदि तपाईं चाहनुहुन्छ भने सामान्य रूपमा एक घण्टासम्म पनि आफ्नो क्षमता अनुसार व्यायाम गर्न सक्नुहुन्छ । यस्तो व्यायाममा तेज हिँड्ने, दौडिने, साइकल चलाउने, पौडी खेल्ने, गल्फ, नृत्य वा अन्य घरेलु कामहरू  पनि पर्न सक्छन् ।

जाडोमा गर्नुपर्ने विशेष व्यायाम

चिसो मौसम नजिकिँदै जाँदा मानिसहरू पनि आफ्नो शरीरको बारेमा लापरवाह देखिन्छन् । यस समयमा व्यक्तिहरू दौड उपयुक्त मान्दैनन् र बाँकी व्यायामहरू छोड्छन् पनि । जाडोको समयमा बिहान प्रदूषणको जोखिम पनि बढी हुन्छ । यस्तो अवस्थामा पनि व्यायाम गर्नु त आवश्यक छ ।

यस्तो अवस्थामा तपाईंले घरभित्रै गर्ने व्यायाम गर्न सक्नुहुन्छ । मर्निङ वाक अनिवार्य होइन, अनिवार्य त बस् व्यायाम हो ।

व्यायामले तपाईंलाई शक्तिशाली बनाउँछ ?

जाडो मौसममा व्यायामलाई धेरै महत्वपूर्ण मानिन्छ । जति धेरै शरीर भित्रबाट सुदृढ पार्नुपर्छ, उति बाहिरबाट पनि शरीरलाई सुदृढ पार्नु आवश्यक छ । जाडोको मौसम भनेको रोग बढ्ने मौसम हो, जसमा द्रुत गतिमा फ्लूले आक्रमण गर्ने गर्छन् । भित्रबाट बढ्दो प्रतिरक्षाको साथ बाहिरी हड्डीहरू र मांसपेशीहरू मजबुत हुने गर्छन् । तपाईंलाई व्यायामले हल्का र फिट महसुस गराउने गर्छ ।

मुटु रोगबाट बच्नको लागि

सामान्यतया जाडोमा मुटुसँग सम्बन्धित बिरामीहरू बढी जोखिममा हुन्छन् । यो पनि सत्य हो कि यस अवस्थामा व्यायामले हृदय रोगको सम्भावना कम गर्न मद्दत गर्छ । फोक्सोबाट ब्याक्टेरिया हटाउन मद्दत गर्छ । सही व्यायामले तपाईंलाई जाडोमा पनि फिट राख्छ र तपाईंलाई रोगबाट बचाउन मद्दत गर्छ ।

  • ६ पुष २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech