नवजात शिशुको लागि सम्पूर्ण आहार–स्तनपान

भनिन्छ, स्तनपानले आमा र बच्चाबीचको ममतालाई अझ प्रगाढ बनाइदिन्छ । चिकित्सकले पनि हरेक आमालाई स्तनपान गराउन सल्लाह दिने कारणहरु मध्ये यो पनि एक हो ।


    • स्वास्थ्य पेज

  • ६ पुष २०७७, सोमबार

भनिन्छ, स्तनपानले आमा र बच्चाबीचको ममतालाई अझ प्रगाढ बनाइदिन्छ । चिकित्सकले पनि हरेक आमालाई स्तनपान गराउन सल्लाह दिने कारणहरु मध्ये यो पनि एक हो ।

स्तनपान गराउनु शिशु र आमा दुबैलाई मानसिकका साथै स्वास्थ्यको हिसाबले पनि फाइदजनक हुन्छ । स्तनपानको गराउनुका धेरै फाइदा हुँदाहुँदै पनि अहिलेका आमाहरुले आफ्ना शिशुलाई विभिन्न कारणले गर्दा स्तनपान गराउँदैनन् । स्तनपानको संस्कृति बिस्तारै कम हुँदै गएको छ भने शिशूलाई बोतलको दुध खुवाउने चलन बढ्दो छ । आज हामी तपाईंहरुलाई स्तनपानका फाइदाहरुको बारेमा केहि जानकारीहरु दिदैछौ ।

पचाउन सजिलो

स्तनमा पहिलादेखि नै बनेर बसेको दूधले शिशुको पाचन प्रकृयालाई बलियो र विकसित गर्न सहयोग पु¥याउँछ । त्यसका साथै उक्त दूधले शिशुलाई अन्य क्रियाकलाप गर्न पनि  सहयोग गर्छ । बोतलको दुध खाने शिशुभन्दा स्तनपान गर्ने शिशुलाई कब्जियत हुने र पाचन सम्बन्धि समस्य हुँदैन ।

रोगसँग लड्ने क्षमता

स्तनपानमा समावेश भएको एन्टिबायोटिकले शिशुलाई रोग प्रतिरोधक क्षमता अर्थात रोगसँग लड्ने क्षमता निर्माणमा मद्दत गर्छ । जसले शिशुलाई संक्रमण, झाडावान्ता, दम, मोटोपना, एलर्जी जस्ता रोगहरु लाग्नबाट बचाउँछ ।

मस्तिष्कको विकास

स्तनपान गराउनाले तपाईंको शिशुको मस्तिष्कको प्रारम्भिक विकासमा पनि सहयोग पु¥याउँछ । जसका कारण बच्चा चलाख र तेजिलो हुन्छ ।

क्क्ष्म्क् अर्थात सडन इन्फ्याट डेथ सिन्ड्रोमको शिकार हुनबाट बचाउ“छ

जुुन शिशुले स्तनपान गरेको हुन्छ, उसमा सडन इन्फ्याट डेथ सिन्ड्रोम हुने सम्भावना कम हुन्छ । सडन इन्फ्याट डेथ सिन्ड्रोम एउटा त्यस्तो स्थिति हो, जसले शिशु पीडित हुने कुनै लक्षण देखिदैन, तर ओछ्यानमा राखेपछि मृत अवस्थामा पाइन्छ ।

स्तनपान गराउने आमालाई पनि फाइदा

स्तनपान गराउँदा आफ्नो सन्तानसंगको सम्बन्ध झन् गहिरो हुँदै जान्छ । यसका साथै आमा र बच्चाबीचको एउटा अद्वितीय भावनात्मक बन्धन बनाउन सहयोग गर्छ । बच्चा जन्मेपछि हुने रक्तश्रावलाई पनि राक्न मद्दत गर्छ । बोतलको दुध भन्दा स्तनपान सस्तो र छिट्टो हुनुको साथै पोषक तत्वहरु समावेश हुन्छ ।

रक्तश्राव कम गर्छ

स्तनमा रहेको दुधले अक्सीटोसिन नामक एक किसिमको हार्मोन पनि छोड्छ,जसले गर्भाशयलाई सहि आकारमा आउन सहयोग गर्छ ।  त्यसबाहेक प्रसवपछि अत्याधिक रक्तश्राव कम गर्न सहयोग गर्छ ।

आमालाई पनि रोग लाग्नबाट बचाउछ

बच्चा जन्मेपछि बढेको आमाको शरीरको तौल तिव्र गतिमा घटाउन सहयोग गर्छ । स्तनपान गराउनाले गर्भाशय र डिम्बग्रन्थिको क्यान्सरको साथ–साथै स्तन क्यान्सरको जोखिमलाई पनि कम गर्छ ।

  • ६ पुष २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech