३३६ जना आईसीयू र भेन्टिलेटरमा

    • स्वास्थ्य पेज

  • ६ पुष २०७७, सोमबार

काठमाडौं ६, पुष ।
देशभर हाल ३ सय ३६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ७९ जना आइसियु र ५७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा २० आइसियु र ४ भेन्टिलेटरमा, प्रदेश २ मा ७ आइसियु र ४ भेन्टिलेटरमा बागमती प्रदेशमा १ सय १२ आइसियु र ३२ भेन्टिलेटरमा, गण्डकीमा ८१ आइसियु र १० भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५० आइसियु र ४ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा ५ जना आइसियु र ३ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ४ आइसियुमा छन्। यो प्रदेशमा कुनै पनि संक्रमित भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ। यसअघि शनिबार आइसियु र भेन्टिलेटरमा रहने संक्रमितको संख्या ३ सय ३६ थियो।

यस्तै, देशभर हाल ४ हजार ५ सय ८ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ७ हजार ९ सय ७६ कुल सक्रिय संक्रमितमध्ये ४ हजार ५ सय ८ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ४ सय ६८ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।

होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र २ हजार २ सय ५३ जना संक्रमित होम आइसोलेसनमा छन्।

प्रदेश १ मा २ सय ६१, प्रदेश २ मा २९, गण्डकी प्रदेशमा ६ सय ५७, लुम्बिनी प्रदेशमा ७ सय ३२, कर्णालीमा १ सय २ र

सुदूरपश्चिममा ४ सय ७४ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। यसअघि आइतबार ४ हजार ८ सय ३७ जना संक्रमित होम आइसोलेसनमा थिए।

  • ६ पुष २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech