३१६ संक्रमित आईसियू र भेन्टिलेटरमा

    • स्वास्थ्य पेज

  • ५ पुष २०७७, आईतवार

 

काठमाडौं ५, पुष ।

देशभर हाल ३ सय १६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ६५ जना आइसियु र ५१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा १६ आइसियु र २ भेन्टिलेटरमा, प्रदेश २ मा ७ आइसियु र ४ भेन्टिलेटरमा बागमती प्रदेशमा ९९ आइसियु र २६ भेन्टिलेटरमा, गण्डकीमा ८३ आइसियु र ११ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४९ आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा ७ जना आइसियु र ३ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ४ आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। यसअघि शनिबार आइसियु र भेन्टिलेटरमा रहने संक्रमितको संख्या ३ सय ३० थियो।

यस्तै, देशभर हाल ४ हजार ८ सय ३७ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ८ हजार ३ सय २० कुल सक्रिय संक्रमितमध्ये ४ हजार ८ सय ३७ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ४ सय ८३ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।

होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र २ हजार ३ सय २७ जना संक्रमित होम आइसोलेसनमा छन्।

प्रदेश १ मा २ सय ६८, प्रदेश २ मा ४२, गण्डकी प्रदेशमा ७ सय २५, लुम्बिनी प्रदेशमा ७ सय ७३, कर्णालीमा ७४ र सुदूरपश्चिममा ६ सय २८ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। यसअघि शनिबार ५ हजार ३ सय ६४ जना संक्रमित होम आइसोलेसनमा थिए।

  • ५ पुष २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech