जमुनाह नाकामा हेल्थ डेस्क, फाजिलमा रहेका कर्मचारी खटाइँदै (१३ हेल्थ डेस्कमा को कहाँ खटिदै ) ?

स्वास्थ्य सेवा विभागले जमुनाह, कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, झापाको काकरभिट्टा, मोरङको रानी, सिरहाको माडर, रौतहटको गौर, पर्साको वीरगंज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढीमा हेल्थ डेस्कमा कर्मचारी खटाउनका लागेको हो।


    • स्वास्थ्य पेज

  • ५ पुष २०७७, आईतवार

नेपालगन्ज ५, पुष ।
स्वास्थ्य सेवा विभागले नेपाल प्रवेश गर्ने नेपालगन्जको जमुनाह नाकामा कर्मचारी खटाउने भएको छ । विभागले जमुनाह नाकासहित मुख्य नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरी १३ स्थानमा हेल्थ डेस्क सञ्चालन गर्न कर्मचारी खटाउने भएको हो ।

विभागले कर्मचारी समायोजनका क्रममा कुनै पनि जिम्मेवारी नपाएर फाजिलमा रहेका ४८ जनालाई हेल्थ डेस्कमा खटाउने निर्णय गरेको छ।स्वास्थ्य मन्त्रालयले कोरोना महामारी आएपछि सबै नाकामा हेल्थ डेस्क राख्ने योजना बनाएको थियो।

विमानस्थलबाहेक बाँकेको नेपालगन्जस्थित जमुनाह, कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, झापाको काकरभिट्टा, मोरङको रानी, सिरहाको माडर, रौतहटको गौर, पर्साको वीरगंज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढीमा हेल्थ डेस्कमा कर्मचारी खटाउनका लागेको हो।

स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले मंसिर २२ गते सचिवस्तरीय निर्णय गर्दै ४८ जना कर्मचारीलाई खटाउन विभागलाई पत्र पठाएको थियो। स्वास्थ्य विभागले महामारी तथा प्रकोपजन्य रोगहरु पहिचान र निराकरण गर्नका लागि पुस १५ गते भित्र हेल्थ डेस्क सञ्चालनमा ल्याउने र त्यहाँ खटाइने कर्मचारीलाई ७ दिनभित्र सम्पर्कमा आउन बिहीबार सूचना जारी गरेको छ।

 

 

  • ५ पुष २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech