विदेशमा थप ११ नेपालीको मृत्यु, मृतक संख्या ३१२ पुग्यो

विगत दुई सातामा युएईमा मात्र थप आठ नेपालीको मृत्यु भएको छ भने यो साता मलेसियामा एक र केन्यामा एक नेपालीको मृत्यु भएको हो।


    • स्वास्थ्य पेज

  • ५ पुष २०७७, आईतवार

तस्विरः फाइल

नेपालगन्ज ५, पुष ।
कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप ११ नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप आठ नेपालीको मृत्यु भएको छ भने यो साता मलेसियामा एक र केन्यामा एक नेपालीको मृत्यु भएको हो।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका हालसम्म विदेशमा ५२ हजार १५७ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ। तीमध्ये ४९ देशका ४९ हजार ११० नेपाली कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९४ प्रतिशत रहेको हो।

शनिबार साँझसम्म विश्वका विभिन्न २१ मुलुकमा रहेका ३१२ जनाको कोरोना सङ्क्रमणका कारणले निधन भएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार यो साता मलेसिया, भारत, कतार, युएई, नाइजेरिया, साउथअफ्रिका, क्यानाडा, अष्ट्रिया, जापान र दक्षिण कोरियामा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ।

  • ५ पुष २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech