‘भगवान’ भन्दै विरामीले डाक्टरलाई पुजा गरे…

डाक्टर कायस्थले १० महिनाअघि चौधरीलाई सफल उपचार गरेर घर पठाउनुभएको थियो । आफुलाई निको पारेको भन्दै चौधरीले पैसाको माला लगाएर डा कायस्थलाई भगवान भन्दै पुजा गर्नुभएको हो ।


    • स्वास्थ्य पेज

  • ४ पुष २०७७, शनिबार

कैलाली ४, पुस ।
सुदूरपश्चिमको कैलालीमा कर्मथलो बनाउनु भएका वरिष्ठ फिजिसियन डाक्टर शुभेषराज कायस्थ शुक्रबार बिहान क्लिनिकमा बिरामी जाँचिरहनुभएको थियो ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ गुलरियाकी उर्मिला चौधरीले त्यही पुगेर उहाँलाई पैसाको माला लगाएर पुजा गर्नुभएको छ । चौधरीले धेरै ठाउँमा परीक्षण गर्दा उहाँको रोग पत्ता लाग्न सकेको थिएन । डाक्टर कायस्थले १० महिनाअघि चौधरीलाई सफल उपचार गरेर घर पठाउनुभएको थियो ।

आफुलाई निको पारेको भन्दै चौधरीले पैसाको माला लगाएर डा कायस्थलाई भगवान भन्दै पुजा गर्नुभएको हो । उहाँ १० महिना अघि नसा सम्बन्धि रोग लिएर डा कायस्थ कहाँ पुग्नुभएको थियो । ‘भिटामिन ‘बि’ को कमीबाट हुने समस्याको पहिचान गरेर औषधी दिएपछि चौधरी निको हुनुभएको थियो ।

काभ्रेको बनेपामा जन्मिएका डा कायस्थले कर्मभूमि सुदूरलाई नै बनाउनुभएको छ । विसं २०४६ सालदेखि सरकारी जागिर खाएका उहाँ अधिंकाश समय सुदूरमै बिताउनुभएको छ । सन् १९८३ मा डा कायथ्यले एमबिबिएस गर्नुभयो। उहाँले छाती रोग विशेषज्ञता हासिल गर्नुभएको छ । त्यसपछि एमडी पनि गर्नुभयो । उहाँ २०७२ बाट सेवा निवृत हुनुभयो ।

यस अवधिमा उहाँले अधिंकाश समय महेन्द्रनगर र धनगढीमा बिताउनुभयो । उहाँले धेरै जसो समय महाकाली र सेती अस्पतालबाट सुदूरका जनतालाई सेवा दिनुभयो । हाल उहाँ अहिले पनि धनगढीकै समर मेडिकल तथा नोवा अस्पतालमा कार्यरत रहनुभएको छ । यस्तो सम्मान पाउँदा प्रोफेशनल हिसाबले धेरै सन्तुष्टि लाग्ने उहाँको भनाइ छ ।

  • ४ पुष २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech