कोरोना अपडेटः संक्रमित ३२३५

    • स्वास्थ्य पेज

  • २४ जेष्ठ २०७७, शनिबार

काठमाडौं २४, जेष्ठ ।
पछिल्लो २४ घण्टामा ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ। जसमध्ये २ सय ८६ जना पुरुष र ३७ जना महिला रहेका छन्। यससँगै कुल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ। जसमध्ये ३ हजार ३ जना पुरुष र २ सय ३२ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३२ जना निको भएर घर फर्किएका छन्। उनीहरुमध्ये ५ जना महिला र २७ जना पुरुष रहेका छन्। यससँगै कुल निको हुनेको संख्या ३ सय ६५ पुगेको छ। अहिलेसम्म कोरोना भाइरसको आशंकामा कुल ९२ हजार ४ सय ७७ पीसीआर परीक्षण भएको छ। त्यस्तै १ लाख ३७ हजार ४ सय ३५ आरडिटी परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा ४ हजार १ सय ११ पीसीआर परीक्षण भएको छ भने ५ हजार ५ सय ७० आरडिटी परीक्षण भएको छ। देशभर १ लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा रहेका छन्। यस्तै देशभर २ हजार ८ सय ५७ जना संक्रमितको आइसोलेसनमा उपचार भइराखेको मन्त्रालयले जनाएको छ।

  • २४ जेष्ठ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech