२४ घण्टामा ७१० कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ८ हजार ८४० छ ।


    • स्वास्थ्य पेज

  • ४ पुष २०७७, शनिबार

काठमाडौं ४, पुष ।
पछिल्लो २४ घण्टामा ७१० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार १७५ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ८ हजार ८४० छ ।

पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७७७ पुगेको छ ।

मन्त्रालयका अनुसार ८ हजार ८४० जना आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २ लाख ४२ हजार ५६७ संक्रमित निको भइसकेका छन् । तथ्यांक अनुसार कुल १८ लाख ६६ हजार २१० पीसीआर परीक्षण गरिएको छ ।

  • ४ पुष २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech