नेपालगन्जमा आजदेखि कृपा हस्पिटल संचालनमा

सर्जरी सेन्टरको कन्सेप्टका साथ अस्पताल संचालनमा ल्याईएको संचालक डा.गुप्ताले जानकारी दिनुभयो ।


    • स्वास्थ्य पेज

  • ४ पुष २०७७, शनिबार

नेपालगन्ज ४, पुष ।

नेपालगन्जमा कृपा हस्पिटल प्रालि संचालनमा आएको छ ।

नेपालगन्ज उपमहानगरपालिका-१० स्थित आदर्शनगरमा नीजि लगानीमा निर्मित कृपा अस्पतालले शनिबारबाट आफ्नो सेवा सुरु गरेको हो । दुईजना डाक्टरहरुको लगानीमा अस्पताल संचालनमा आएको छ ।

युरोलोजिस्ट डा.प्रविन कुमार गुप्ता र हाडजोर्नी विशेषज्ञ डा.राहुल मिश्रले अस्पताल संचालनमा ल्याउनुभएको छ । अस्पतालको डा गुप्ताका छोरा मारुत गुप्ता र डा मिश्रका छोरी प्रियुल मिश्रले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

एउटै छानामुनि सबै सुविधाहरु नहुदा विरामीहरु अलमलमा परिरहेको भन्दै त्यो समस्याको अन्त्य गर्न सर्जरी सेन्टरको कन्सेप्टका साथ अस्पताल संचालनमा ल्याईएको संचालक डा गुप्ताले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।

अस्पतालमा हाल जनरल सर्जरी, युरोलोजी, इन्डो युरोलोजि, अन्को सर्जरी लगायतको परामर्श सेवा सुरु गरिएको छ । हाडजोर्नी समस्याको विशेषज्ञ सेवा समेत अस्पतालमा सुरु गरिएको संचालक डा गुप्ताले जानकारी दिनुभयो ।

ओपीडी, ल्याब सेवा र फार्मेसी सेवा सुरु गरेको अस्पतालले अबको छ महिना भित्र सर्जरी सेवा समेत सुरु गर्ने लक्ष्य लिएको अर्का संचालक डा मिश्रले बताउनुभयो ।

  • ४ पुष २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech