बर्दियाका ७२ वर्षिय कोरोना संक्रमित पुरुषको भेरीमा मृत्यु

बर्दियामा कोरोना संक्रमण पछि उपचारका क्रममा ज्यान गुमाउनेहरुको संख्या १७ पुगेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बर्दियाले जनाएको छ ।


    • स्वास्थ्य पेज

  • ४ पुष २०७७, शनिबार

तस्विरः फाइल

बर्दिया ४, पुष ।

कोरोना भाइरस संक्रमित एकजना विरामीको भेरी अस्पतालमा मृत्यु भएको छ ।

बारबर्दिया-१० बर्दियाका ७२ वर्षिय कोभिड संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । स्वास्थ्यमा समस्या आएपछि मंसिर २५ गते कोभिड आशंकामा श्वाब परीक्षण गर्दा त्यसको भोलीपल्ट मंसिर २६ गते उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

मंसिर २७ गते नेपालगन्ज स्थित भेरी अस्पतालमा भर्ना गरि उपचार सुरु गरिएको भएपनि स्वास्थ्यमा सुधार नआउँदा उनको पुष ३ गते साँझ ८: २० मा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

योसँगै बर्दियामा कोरोना संक्रमण पछि उपचारका क्रममा ज्यान गुमाउनेहरुको संख्या १७ पुगेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बर्दियाले जनाएको छ ।

  • ४ पुष २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech