डडेल्धुरा अस्पतालमा आईसीयू सेवा सुरु

    • स्वास्थ्य पेज

  • ४ पुष २०७७, शनिबार

डडेल्धुरा ४, पुस ।
डडेल्धुरा अस्पतालमा भेन्टिलेटरसहित मेडिकल आईसीयू सेवा सुरु भएको छ। अस्पतालले ५ वेडको मेडिकल आईसीयू र ४ वटा भेन्टिलेटरसहितको उपचार सेवा सुरु गरेको हो।

संघीय सरकारको बजेटमा १५ वटा आईसीयू सञ्चालन गर्ने भनिए तापनि भवन अभावका कारण हाललाई ५ वेडको आईसीयू सेवा सुरु गरेको डडेल्धुरा अस्पतालका एनेस्थेसियोलोजी तथा क्रिटिकल केयरका प्रमुख डा तिर्थराज भण्डारीले बताउनुभयो ।

अस्पतालले एक हप्ता भित्र ६ वेडको आईसीयू थप गर्ने तयारी थालेको अस्पतालका निमित्त मेसु डा राजन शाहले जानकारी दिनुभयो। थप हुने आईसीयू वेडमा ३ वटा कोरोना विशेष बिरामीका लागी र ३ वटा पोष्टअप केयरका लागि सर्जिकल आईसीयू हुने छ।

५ वेडको आइसियु सञ्चालनका लागि अस्पतालले तालिम प्राप्त ४ जना स्टाफ नर्स, ३ जना मेडिकल अफिसर थप गरेको निमित्त मेसु डा शाहले बताउनुभयो ।

  • ४ पुष २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech