कोरोना भाइरसबाट मुक्त भए नर्स-पत्रकार दम्पति

    • स्वास्थ्य पेज

  • २४ जेष्ठ २०७७, शनिबार

नेपालगन्ज २४, जेष्ठ ।
कोरोना संक्रमणबाट मुक्त भएर नेपालगन्ज उपमहानगरपालिका २ का नर्स र पत्रकारको जोडी घर फर्किएको छ । नर्सिङ्ग संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसी र पत्रकार मेघराज ओली झण्डै दुई हप्तापछि कोरोनाबाट मुक्त भएर शनिवार घर फर्किनुभएको हो ।

अस्पतालमा स्वागत गर्न खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपति,नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरलगायत अस्पताल पुग्नुभएको थियो ।

उच्च मनोवल र स्वास्थ्य आचरणमा ध्यान दिएका कारण कोरोनाबाट मुक्ती पाएको केसी र ओलीको प्रतिक्रिया थियो । यस अवधिमा सहानुभुती प्रकट गर्नेहरु प्रति दुबै जनाले धन्यवाद दिनुभएको छ।

  • २४ जेष्ठ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech