सुदूरपश्चिममा कोभिड संक्रमितको कुल संख्या ११ हजार ६५१, शनिबार ८८ जना थपिए

    • स्वास्थ्य पेज

  • २० मंसिर २०७७, शनिबार

धनगढी २०, मंसिर ।

प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सुदूरपश्चिम प्रदेशमा शनिबार थप ८८ जनामा कोरोना भाइरस
संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा २७ जनामा कोभिड पुष्टि भएको अस्पतालले जनाएको छ । अछाममा रहेको प्रयोगशालामा ३७ जना, डडेल्धुरा अस्पतालमा रहेको प्रयोगशालामा ९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

बझाङमा रहेको प्रयोगशालामा थप १० जना र डोटीमा सम्पन्न परिक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि हुनेहरुको कुल संख्या ११ हजार ६ सय ५१ पुगेको छ । त्यस्तै कोभिड संक्रमणकै कारण प्रदेशमा ज्यान गुमाउनेहरुको संख्या ४१ पुगेको छ ।

  • २० मंसिर २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech