पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण देशभर १० जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २० मंसिर २०७७, शनिबार

तस्विरः फाइल

 

काठमाडौं २०, मंसिर ।
कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार १० जनाले ज्यान गुमाएसँगै कोभिड संक्रमणका कारण देशभर ज्यान गुमाउनेहरुको संख्या १ हजार ५७७ पुगेको छ ।

देशभर ३१२ जना आइसियुमा स्वास्थ्य लाभ गरिरहेका छन् । भेन्टिलेटरमा ४५ जना र होम आइसोलेसनमा ९ हजार २४५ जना स्वास्थ्य लाभ गरिरहेको मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा देशभर १ हजार २४ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।

  • २० मंसिर २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech