शनिबार १०२४ जना कोभिड संक्रमित थपिए, अब देशभर १४ हजार २५५ जना सक्रिय संक्रमित

    • स्वास्थ्य पेज

  • २० मंसिर २०७७, शनिबार

 

काठमाडौं २०, मंसिर ।

देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिबार १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

६ हजार ७४ नमुना परीक्षण गर्दा ४०२ जना महिला र ६२२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै देशभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २०६ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

योसँगै कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या २ लाख २४ हजार ५३ पुगेको छ ।

अब देशभर १४ हजार २५५ जना सक्रिय संक्रमित रहेका छन् ।

  • २० मंसिर २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech