कोभिड संक्रमित तुलसीपुरका ७० वर्षिय पुरुषको बाँकेमा मृत्यु

    • स्वास्थ्य पेज

  • २० मंसिर २०७७, शनिबार

तस्विरः फाइल

 

नेपालगन्ज २०, मंसिर ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कोभिड संक्रमित एक विरामीको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका-१८ दाङका ७० वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई  मंसिर १४ गते मेडिकल कलेज कोहलपुरको प्रि आइसोलेसनमा ल्याई भर्ना गरिएको थियो ।

कोभिड आशंकामा सोही दिन श्वाब संकलन गरि पीसीआर परीक्षण गर्दा उनमा मंसिर १५ गते कोरोना पुष्टि भएको थियो । कोभिड पुष्टि भएपछि कोभिड वार्डमा भर्ना गरि उपचार सुरु गरिएको भएपनि स्वास्थ्यमा सुधार नआएको र मंसिर २० गते शनिवार विहान ६:४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

विरामीलाई प्लाज्मा थेरापी, अक्सिजन थेरापी, रेमडिसिभिर लगायत दिईएको थियो । योसँगै बाँकेमा जिल्ला बाहिर बाट उपचारका लागि आइ ज्यान गुमाउनेहरुको संख्या ६१ पुगेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

  • २० मंसिर २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech