कोरोनाबाट थप दुईको मृत्यु

    • स्वास्थ्य पेज

  • २४ जेष्ठ २०७७, शनिबार

काठमाडौं २४, जेष्ठ ।
कोरोना भाइरस संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको छ । पछिल्लो पटक डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षिया महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुषको जेष्ठ २१ गते मृत्यु भएको बताउनुभयो ।

जेष्ठ १६ गते सुर्खेतबाट डोल्पा पुगेका उनलाई १८ गतेदेखि क्वारेन्टाइनमा राखिएको थियो ।दम रोगले समेत पीडित रहेका उनको निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट कोरोना जाँच गर्दा कोरोना संक्रमण पोजेटिभ आएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

 

  • २४ जेष्ठ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech