बर्दियाका थप एकजना संक्रमितको मृत्यु, मृतक संख्या १४ पुग्यो

    • स्वास्थ्य पेज

  • २० मंसिर २०७७, शनिबार

तस्विरः फाइल

बर्दिया २०, मंसिर ।
बर्दियाका कोरोना भाइरस संक्रमणबाट शनिवार थप एकजनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका-७ का ७२ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका कोभिड फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको गएको ९ गते भेरी अस्पतालमा नमुना संकलन गरिएको थियो । त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आयो ।

रोगको प्रकृतिअनुसार, प्लाज्मा थेरापी, रेमडिसिभिरलगायतबाट समेत उपचार गर्दा विरामीको अवस्था सुधार नभएपछि आज विहान २ः १५ बजे मृत्यु भएको हो । योसँगै बर्दियामा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

  • २० मंसिर २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech