बैजनाथमा बृहत रक्तदान,३४५ जनाले रक्तदान गरे

    • स्वास्थ्य पेज

  • १९ मंसिर २०७७, शुक्रबार

 

कोहलपुर १९, मंसिर ।
बाँकेको बैजनाथमा शुक्रबार बृहत रक्तदान गरिएको छ । राष्ट्रिय युवा संघ बाँके बैजनाथ गाउँपालिका कमिटीको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा तीनसय बढीले रगतदान गरेका छन् ।

प्रभात मावि जि गाउँमा सम्पन्न कार्यक्रममा ३४५ जनाले रक्तदान गरेको युवा संघ बाँकेका संयोजक कुश्माखर बस्यालले जानकारी दिनुभयो । बस्यालका अनुसार रगत अभावमा कसैको ज्यान जान नपरोस् भन्ने उद्देश्यले रक्तदान गरिएको हो ।

 

  • १९ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech