सेती अस्पतालमा न्यूरोसर्जरी सेवा सुरु

    • स्वास्थ्य पेज

  • १९ मंसिर २०७७, शुक्रबार

 

धनगढी १९, मंसिर ।

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक न्यूरोसर्जरी सेवा सुरु भएको छ । न्यूरोेसर्जन डा. हरि पौडेल आएपछि सेती प्रादेशिक अस्पतालमा न्यूरो सेवा सुरु भएको हो । दुर्घटना, रुखबाट लड्दा, लगायत विविध कारणले टाउकोमा गहिरो चोट लाग्दा उपचारका लागि सुदूरका विरामी अन्यत्र जानुपर्ने बाध्यता थियो ।

सेति अस्पतालमै न्यूरो सेवा सुरु भएपछि यस क्षेत्रका विरामीलाई सहज हुनेछ । न्यूरोेका विरामीलाई समयमै उपचार दिनुपर्छ । सुदूरपश्चिमा चिकित्सक नहुदा विरामीले समयमै उपचार पाउँन सकेका थिएनन् । डा.पौडेल आएको करिब एक साता भयो, यो बिचमा उहाँले तीन वटा अप्रेसन गरिसक्नु भएको छ।

अब न्यूरोे सेवा सुरु भएपछि गोल्डेन आवरमा विरामीले सेवा पाउनेछन् । न्यूरोसर्जन डा.हरि पौडेलले सुदूरपश्चिममा न्युरो सेवा सुरु गर्न पाउँदा खुशी भएको बताउनुभएको छ ।

डा.पौडेलका अनुसार न्यूरोका विरामीले समयमै उपचार पाउनुपर्छ । जति चाडो उपचार पाए त्यति नै राम्रो हुन्छ । सामान्य समस्या लिएर भारत, नेपालगन्ज, काठमाडौं जान नपर्ने भन्दै डा.पौडेलले सुदूरपश्चिमका विरामीलाई आफ्नै आँगनमा ढुक्कले न्यूरो सेवा लिन आग्रह गर्नुभएको छ ।

डा.पौडेलले धरानबाट एमबीबीएस, भारत चण्डीगढबाट एमएस सर्जरी, बीर अस्पतालबाट एमसीएच न्यूरो सर्जरी गर्नुभएको छ । यसअघि डा.पौडेलले भेरी अस्पतालमा सेवा दिरहनुभएको थियो । सेती अस्पतालमा सरुवा भएर गएपछि भेरी अस्पतालको न्यूरो सेवा भने प्रभावित भएको छ ।

  • १९ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech