सुदूरपश्चिममा ९१ संक्रमित थपिए, संक्रमितको संख्या ११ हजार ५६३ पुग्यो

    • स्वास्थ्य पेज

  • १९ मंसिर २०७७, शुक्रबार

 

धनगढी १९,मंसिर ।

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा १७ जना, अछाममा रहेको प्रयोगशालामा ४१ जना,बझाङमा रहेको प्रयोगशालामा ९ जना र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा १९ जना संक्रमित थपिएका छन् । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ११ हजार ५६३ पुगेको छ । ९ हजार ६ सय २८ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

कोभिड संक्रमणका कारण प्रदेशमा हाल सम्म ४० जनाले ज्यान गुमाएका छन् । प्रदेशमा १ हजार ८९५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

  • १९ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech