कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १ हजार ५६७ पुग्यो

    • स्वास्थ्य पेज

  • १९ मंसिर २०७७, शुक्रबार

 

काठमाडौं १९, मंसिर ।

कोरोना भाइरस संक्रमणका कारण गएको २४ घण्टामा देशभर १६ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब कोभिड संक्रमणका कारण ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ५६७ पुगेको छ । देशभर ३२८ जना आइसियु र ५४ जना भेन्टिलेटरमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

१० हजार ३९४ जना होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेको मन्त्रालयले जनाएको छ । शुक्रबार १ हजार २७२ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै १ हजार ५७५ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ ।

  • १९ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech