शुक्रबार १२७२ कोभिड संक्रमित थपिए, १५७५ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • १९ मंसिर २०७७, शुक्रबार

 

काठमाडौं १९, मंसिर ।
देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर ८ हजार ३१ नमुना परीक्षण गर्दा १ हजार २७२ संम्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ५७५ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या २ लाख २१ हजार ८४७ पुगेको छ ।

देशभर अब १५ हजार ४४७ जना संक्रिय संक्रमित छन् ।

  • १९ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech