पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ९१ हजार ४३२ जनामा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १९ मंसिर २०७७, शुक्रबार

 

काठमाडौं १९, मंसिर ।

गएको २४ घण्टामा विश्वभर ५ लाख ९१ हजार ४३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमित संख्या ६ करोड ३९ लाख ६५ हजार ९२ पुगेको छ ।

कोभिड १९ संक्रमणकै कारण विश्वर पछिल्लो २४ घण्टामा ११ हजार ७४१ संक्रमितको मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेहरुको संख्या १४ लाख ८८ हजार १२० पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

अमेरीका, भारत , स्पेन लगायतका देश कोभिड संक्रमणका कारण बढी प्रभावित छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा मात्र १ लाख ७७ हजार ९७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै संक्रमणकै कारण गएको २४ घण्टामा २ हजार ४३९ जनाले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा छ ।

  • १९ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech