कोरोना महामारीः बाँकेमा तीन घण्टामा तीन संक्रमितको मृत्यु, २६ वर्षीय युवक पनि परे

    • स्वास्थ्य पेज

  • १९ मंसिर २०७७, शुक्रबार

तस्विरः फाइल

नेपालगन्ज १९, मंसिर ।
करिव तीन घण्टाको अन्तरातमा दाङका तीनजना कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ । मृत्यु हुने सबै तुलसीपुर दाङका हुन् । भेरी अस्पतालमा दुईजना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा एकजनाको मृत्यु भएको हो । गएराती ९  बजेदेखि १२ बजेको अन्तरालमा उनीहरुको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका-१६ का २६ वर्षीय युवकको गएराती १२ः१० बजे मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि मंसिर १० गते भर्ना भएका थिए ।

तुलसीपुर उपमहानगरपालिका-५ दाङका ८१ वर्षीय पुरुषको उपचारका क्रममा गएराती १०ः ४५ बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि ती पुरुष मंसिर १३ गते अस्पताल भर्ना भएका थिए ।

तुलसीपुर उपमहानगरपालिका-११ दाङका ४५ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा गएराती ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएपछि ती पुरुष मंसिर ४ गते अस्पताल भर्ना भएका थिए ।

 

  • १९ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech