नेपालगन्ज १९, मंसिर ।
करिव तीन घण्टाको अन्तरातमा दाङका तीनजना कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ । मृत्यु हुने सबै तुलसीपुर दाङका हुन् । भेरी अस्पतालमा दुईजना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा एकजनाको मृत्यु भएको हो । गएराती ९ बजेदेखि १२ बजेको अन्तरालमा उनीहरुको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका-१६ का २६ वर्षीय युवकको गएराती १२ः१० बजे मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि मंसिर १० गते भर्ना भएका थिए ।
तुलसीपुर उपमहानगरपालिका-५ दाङका ८१ वर्षीय पुरुषको उपचारका क्रममा गएराती १०ः ४५ बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि ती पुरुष मंसिर १३ गते अस्पताल भर्ना भएका थिए ।
तुलसीपुर उपमहानगरपालिका-११ दाङका ४५ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा गएराती ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएपछि ती पुरुष मंसिर ४ गते अस्पताल भर्ना भएका थिए ।