नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा थप एकजना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • १९ मंसिर २०७७, शुक्रबार

तस्विरः फाइल

नेपालगन्ज १९, मंसिर ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुर थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका ५ दाङका ८१ वर्षीय पुरुषको उपचारका क्रममा गएराती मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएपछि ती पुरुष मंसिर १३ गते अस्पताल भर्ना भएका थिए ।

रोगको प्रकृति अनुसार, सबै प्रकारको उपचार विधि अपनाउँदा अपनाउँदै विरामीको गएराती १०ः ४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

  • १९ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech